काठमाडौं/१५ मंसिर–काठमाडौंको बुुढानीलकण्ठ नगरपालिका–बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेशनल स्कुलले एसईई परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुका लागि आयोजना गरेको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार भएको उक्त कार्यक्रममा प्रदेश संसद कुशुुम कुमार कार्कीले ०७५ सालको एसईई परीक्षामा उत्तिर्ण भएका विद्यार्थीलाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए । उनले विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि विदेश गएपनि अध्ययन सकिएपछि नेपाल आएर देशको सेवामा लाग्न आग्रह गरे । उनी भन्छन्,“युुवाहरुको पहलबाट मात्रै देश विकासले गति लिन सक्छ ।” उनले फेरील्याण्ड स्कुुलले शिक्षा क्षेत्रमा आफुुलाई अबल साबित गर्दै लगेकोमा बधाई समेत दिएका छन् ।
कार्यक्रममा स्कुलले एसईई परीक्षामा उत्तिर्ण भएका २८ जना विद्यार्थीलाई बिदाई गरेको हो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तृत गरेका थिए ।
विद्यार्थीहरूले गत वर्षकाे भन्दा राम्राे नतिजा ल्याएकाे र नतिजा राम्राे बनाउनका लागि शिक्षकहरूकाे पनि उत्तीकै महत्वपूर्ण भूमिका रहेकाे भन्दै विद्यालयले विद्यार्थीका साथ साथै शिक्षकशिक्षिकालाई पनि सम्मान गर्दै मायाकाे चिनाे प्रदान गरेकाे थियाे ।
कार्यक्रममा समाजसेवी मिठाराम अधिकारी , राजाराम सिलवाल , बुढानिलकण्ठ -१० का अध्यक्ष नवराज भट्टराई , प्याब्सन काठमाडौंका सचिव लोकेन्द्र खड्का , प्याब्सन बुढानिलकण्ठका उपाध्यक्ष राधेश्याम श्रेष्ठ, नेकपा बुढानिलकण्ठ -१० का नेता जगत प्रसाद निरौला, प्याव्सन काठमाडौंका उपाध्यक्ष गोपाल भण्डारी , नेसनल प्याव्सन बुढानिलकण्ठका अध्यक्ष नारायण तिमल्सिना, समाजसेवी अक्कल बहादुर तामाङ लगायत व्यक्तिहरूकाे उपस्थिती रहेकाे थियाे ।