शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निबन्ध प्रतियोगिता आयोजना गर्ने

काठमाडौं/५ भदौ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । ४४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर केन्द्रले सुविधा वञ्चित समुहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार विषयमा निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगीहरुले नेपाली भाषामा प्रीति फन्टमा कम्प्युटर टाइप गरी इमेलमार्फत भदौ १५ गतेसम्म निबन्ध पठाउन सक्नेछन् । निबन्ध प्रतियोगितामा प्रथम हुनेलाई नगद पन्ध्र हजार, दोस्रो हुनेलाई दस हजार र तेस्रो हुने प्रतियोगीलाई सात हजार प्रदान गरिने केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *