नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र दर्ता परीक्षा स्थगित


काठमाडौं/४ भदौ- नेपाल मेडिकल काउन्सिलले भदौ ७ गतेदेखि लिने भनिएको दर्ता प्रमाणपत्र परीक्षा स्थगित गरेको छ । काउन्सिलले एक सूचजा जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थिति एवं काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा गरिएको निषेधाज्ञा, लकडाउन कारण परीक्षा स्थगित गरिएको काउन्सिलले जनाएको छ । स्थिति सहज हुनासाथ विभिन्न उपकेन्द्रबाट समेत परीक्षा लिइने काउन्सिलले बताएको छ ।