इमेल मार्फत पुनर्योगका लागि आवेदन दिन सकिने : सीटीईभीटी

काठमाडौं/४ भदौ – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले पुनर्योग लागि इमेलबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

कोभिड-१९ को महामारीका कारण साउन ३२ गतेबाट अर्को निर्णय नभएसम्मका लागि यश कार्यालयबाट प्रदान गरिदै आएका प्रत्यक्ष जनसम्पर्क हुने सेवाहरु स्थगित गरिएको र मुलुकका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी भएको कारणले प्रदेश कार्यालयहरुको साथ साथै इमेलबाट समेत पुनर्योगका लागि आवदेन दिन सक्ने सीटीईभीटीले जानकारी दिएको छ । नतिजा प्रकाशन भएको २१ दिन भित्र आवेदन दिन सकिनेछ ।