निजी स्राेतका शिक्षकलाई तलब खुवाउन समस्या

काठमाडौं /३ भदौ- दाङको भरतपुरमा रहेकने पद्योदय पब्लिक नमुना माध्यमिक विद्यालयले निजी स्रोतमा नियुक्ति गरेका शिक्षक र कर्मचारीलाई २०७७ बैशाखदेखि कुनै किसिमको सेवा सुविधा दिएको छैन ।

विद्यालयले अभिभावकबाट सहयोग प्राप्त गर्न नसकेको र विद्यालयमा अन्य कुनै आर्थिक स्रोतसमेत नभएकाले निजी स्रोतबाट नियुक्ति भएका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन नसकेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद जैशीको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिको साउन ३२ गते बसेको बैठकले सहज वातावरण निर्माण भई विद्यालय सञ्चालन भएमा विद्यालयको आवश्यकता अनुसार करार सम्झौता निरन्तरता दिइने निर्णय गरेको उनले जानकारी दिए । उनले लकडाउन अवधि पटकपटक गरी लम्बाइएको कारण यसपटक औपचारिक निर्णय गरिएको जनाएका छन् ।