काठमाडौं /२० साउन – नेपाल शिक्षक संघले आफ्ना सदस्य शिक्षकहरुलाई पछिल्ला दिन खुलेका विभिन्न विषयगत समिति र सञ्जालहरुमा सदस्य बन्न रोक लागिएको छ ।
नेपाल शिक्षक संघ संघीय कार्य समितिको आठौं पूर्ण बैठक तथा दोस्रो अनलाइन बैठकको निर्णय सार्वजनिक गर्न सोमबार जारी गरेको विज्ञप्तिमा संघका विशिष्ट, कर्मठ तथा साधारण सदस्यहरुलाई कुनैपनि संस्थाहरुको सदस्यता नलिन र आबद्धता नराख्न भनिएको छ ।
यस्तै, निजामती कर्मचारीहरुले निवृत्त भइसकेपछि प्राप्त हुने पेन्सनपट्टाको नवीकरण सम्बन्धित जिल्लाबाट गर्न सकिने सुविधा प्राप्त गरिरहेका तर, निवृत्त शिक्षकहरु पेन्सनपट्टा नवीकरणका लागि शिक्षक किताकखाना काठमाडौं आउनु पर्ने विभेदको अन्त्य गरी सम्बन्धित जिल्लाबाट नै नवीकरण गर्न सकिने व्यवस्था मिलाउन संघले माग गरेको छ ।