काठमाडौं /१७ साउन – भर्चुअल एडु फेयर नेपाल डटकमले नेपालमै पहिलो पटम भर्चुअल शैक्षिक मेला आयोजना गर्न लागेको छ । उक्त भर्चुअल शैक्षिक मेलाको आयोजक भने कलेज रिडर्स पत्रिका रहेको छ ।
साउन २१ गतेदेखि भदौ ३ गतेसम्म आयोजना गर्न लागिएको उक्त भर्चुअल शैक्षिक मेलामा वक्तृत्वकला, निवन्ध तथा अनलाइन परीक्षाको माध्यमबाट दुई करोडको शैक्षिक छात्रवृति प्रदान गरिने भएको छ । विद्यार्थीहरुले अनलाइनबाटै विभिन्न कलेजको जानकारी लिन सक्ने छन् ।
साथै उक्त भर्चुअल शैक्षिक मेलामा नेपालमै सञ्चालित शिक्षालयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउने र विद्यार्थी तथा अभिभावकहरुलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने विषयमा विविध परामर्श प्राप्त गर्न सक्ने छन् ।
कोरोना महामारीले विभिन्न मेलामा गएर शिक्षालयहरुका बारेमा बुझन् सक्ने अवस्था नभएका कारण अनलाइन बाटै शिक्षालयहरुका बारेमा बुझन भर्चुअल शैक्षिक मेला आयोजना गर्न लागिको हो । यस भर्चुअल शैक्षिक मेला ५ लाख विद्यार्थी अभिभावकले अवलोकन गर्न सक्ने आयोजक संस्थाले जानकारी दिएको छ ।