काठमाडौं/१३ साउन- त्रिभुवन विश्वविद्यालय कानुन संकायले स्थगित कानुन संकाय अन्तर्गतकाे परीक्षा भदाै महिनाकाे तेस्राे सातादेखि सुरु गर्ने भएकाे छ ।
त्रिवि कानुन संकायद्धारा जारी गरिएको सूचनामा ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण त्रिवि कानुन संकाय डीनको कार्यालयको मिति २०७६ चैत्र ०६ गतेको सूचनाद्धारा २०७६ चैत्र ७ देखि लागू हुने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस संकाय अन्र्गत सञ्चालन भइरहेको पठनपाठन र स्नातक तह बी.ए.एल.एल.बी. दोस्रो सेमेस्टर अन्त्य परीक्षा स्थगित गरिएको व्यहोरा सर्वविदितै छ ।
नेपाल सरकारले मिति २०७७ साउन ६ गते मध्यराति देखि लकडाउन अन्त्य गरेको घोषणा, त्रिवि सूचना जनसम्पर्क महाशाखाको मिति २०७७ साउन ८ को सूचना, त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट यस संकायमा प्राप्त मिति २०७७ साउन ८ को पत्र तथा मिति २०७७ साउन १२ गते बसेको यस संकायको परीक्षा सञ्चालक समितिको बैठकको निर्णय समेतको आधारमा परिस्थिति अनुकूल भएमा त्रिवि कानून संकायबाट स्थगित गरिएको स्नातक तह बी.ए.एल.एल.बी. दोस्रो सेमेस्टर अन्त्य परीक्षा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिका अवलम्बन गर्दै मिति २०७७ भाद्र तेस्रो साता पछि सञ्चालन गरिने भएकाे छ ।