काठमाडौं/१२ साउन- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अागामी साउन १५ भित्र लकडाउनअघि लिएका सबै परीक्षाकाे नतिजा सार्वजनिक गरी सक्ने जनाएकाे छ ।
त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जाेशीले भने, “लकडाउनका बेला समेत उत्तरपुस्तिका परीक्षणकाे कार्य भएकाले साउन १५ सम्म नतिजा प्रकाशित हुने सम्भावना छ ।” लकडाउनका समयमा प्राध्यापकहरुले घरमै उत्तरपुस्तिका परीक्षण गरेका र नियन्त्रण कार्यालयमा सीमित कर्मचारी बसेर नतिजा प्रशाेधन कार्य सुचारु गरिएकाले साउन १५ सम्म नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएकाे उनकाे भनाइ छ ।
नियन्त्रण कार्यालयले वैशाख १८ देखि असार २२ गतेसम्म १८ चरणमा नतिजा प्रकाशन गरेको छ । बिबिएस र बिए दोस्रो वर्ष, बिएस्सी र बिएड् पहिलो वर्ष, एमएड् दोस्रो वर्ष र पाँच वर्षे बिएएलएलबीको नतिजा प्रकाशन गरिसकेकाे छ । त्रिवि तीन वर्षे एलएलसबी र चार वर्षे बिबिएस प्रथम वर्षकाे नतिजा प्रकाशन तयारी रहेको छ ।
त्यस्तै, स्नातकोत्तर दोस्रो वर्षका केही विषयको नतिजा प्रकाशन बाँकी छ भने स्नातक तहकाे बिए प्रथम वर्षकाे पनि नतिजा सार्वजनिक भएकाे छैन ।