कक्षा १२ को स्थगित परीक्षा असोजमा सञ्चालन गरिने


काठमाडौं/ ७ साउन – कक्षा १२ को स्थगित परीक्षा आगामी असोजमा सञ्चालन गरिने भएको छ ।


लकडाउनका कारण स्थगित भएको परीक्षा मन्त्रीपरिषद्ले भदौ १ गतेपछि परीक्षा सञ्चालन गर्ने अनुमति दिए सँगै असोजमा सञ्चालन गर्ने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


सामाजिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले परीक्षा केन्द्र थपिन सकिने बोर्डको भनाइ छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि देशभर एक हजार एक सय ४७ परीक्षा केन्द्र कायम गरेको थियो । यसवर्ष कक्षा १२ मा चार लाख ३२ हजार विद्यार्थीले परीक्षाको आवेदन भरेका थिए ।


बैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक भएपनि कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै परीक्षा स्थगित गरिएको थियो ।