काठमाडौं/५ असार– प्राथमिक तहको अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को लिखित परीक्षाको कुल अंक परीक्षार्थीहरुले असार ६ गतेदेखि हेर्न पाउने व्यवस्था शिक्षक सेवा आयोगले गरेको छ ।
आयोगका अनुसार परीक्षार्थीहरुले मोबाइलको म्यासेज बक्समा गई टिएससी टाइप गरी एक स्पेश दिएर प्रवेशपत्रमा रहेको टिएससी एप्लीकेशन आइडी नम्बर टाइप गरी ३१००७ नम्बरमा एसएमएस पठाएर कुल अंक हेर्न सक्नेछन् ।
यस्तै, आयोगले नतिजा चित्त नबुझेमा पुनर्योग गराउन पाउने समेत गरेको छ । लिखित परीक्षाको नतिजामा पुनर्योग गराउन चाहाने परीक्षार्थीले असार १२ गतेभित्र निवेदन दिन सक्ने आयोगले जनाएको छ । आयोगले निम्नमाध्यमिक तहको नेपाली र सामाजिक विषयका लागि असार १० गते सम्म पुनर्योग गर्न पाउने म्याद थप गरेको छ ।
त्यस्तै, आयोगले स्थायी अध्ययन अनुमति पत्रको नतिजामा सफल उम्मेवारको व्यक्तिगत विवरण फरक परेको सच्चाउन सक्ने जनाएको छ ।