काठमाडौं/१६ जेठ–निजी शैक्षिक संघहरुले जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न सरकारसँग आग्रह गरेका छन् ।
निजी क्षेत्रमा काम गर्ने प्याब्सन, एन–प्याब्सन, राष्ट्रिय अभिभावक महासंघ नेपाल, अभिभावक संघ नेपाल, संस्थागत विद्यालय अभिभावक संघ र संस्थागत विद्यालय शिक्षक युनियनले १० बुँदे साझा धारणा सार्वजनिक गर्दै जेठ २१ गतेदेखि विद्यार्थि भर्ना प्रक्रिया सुरु गर्न र शिक्षक कर्मचारीहरु विद्यालयमा उपस्थित भई नयाँ शैक्षिक सत्रा लागि योजना बनाउनुका साथै शिक्षक कर्मचारीहरुलाई तालिम अभिमुखीकरणका लागि व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेका छन् ।
उनीहरुले संयुक्त जारी गरेको विज्ञप्तिमा नेपालमा विद्यालय तह कक्षा १२ सम्म कायम गरिएकाले यसपटक एसईई परीक्षा सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट प्रमाण पत्र दिने व्यवस्था गर्न समेत अनुरोध गरेका छन् । यस्तै, भर्चुअल कक्षालाई औपचारिकता दिने पनि सरकारलाई आग्रह गरेका छन् ।