आर्थिक वर्ष ०७७/०७८ मा शिक्षाका कुन कुन क्षेत्रमा कति बजेट

काठमाडौं/१५ जेठ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयका लागि १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष ०७७/०७८ को बजेट भाषणमा उक्त घोषणा गरेका हुन् ।

कुन कुन विषयका लागि कति कति बजेट विनियोजन गरिएको छ ?

१) आधारभूत, माध्यामिक तहमा लैङ्गिक समानता ।

२) गुणस्तरीय जीवनापयोगी शिक्षा, सूचना प्रविधिको विकासमा प्राथमिकता ।

३) दृष्टिकोण विहिनले प्रयोग गर्ने ब्रिलिपि पाठ्यक्रम निःशुल्क उपलब्ध गराइनेछ।

४) प्राविधिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पढाई सँगै आयआर्जन गर्ने व्यवस्था ।

५) पर्यटन विश्वविद्यालय स्थापनका लागि सम्भावयताको अध्ययन गरिने।

६) माध्यमिक तह भन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गरिने छ।

७) विद्यालय जाने सबै उमेरका बालबालिकालाई विद्यालय भर्ना गरी आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच सुनिश्चितता गरिने छ।

८) माध्यमिक तह सम्म निःशुल्क शिक्षा प्रदान गरिने छ ।

९) साक्षर हुन बाँकी २४ जिल्लामा साक्षरता अभियान सञ्चालन गरी आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने छ।

१०) माध्यमिक तह देखि नै प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिँदै सबै स्थानीय तहमा न्युनतम एक विद्यालयमा प्राविधिक धारको पाठनपाठन कार्यक्रम सञ्चालन अघि बढाइएको छ । यस अन्तर्गत हाल ६ सय ७ स्थानिय तहमा यो कार्यक्रम सुरु भईसकेको छ भने आगामी वर्ष सबै स्थानीय तहमा सञ्चालन गरिने छ ।

११) राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विस्तार गरी कक्षाकोठा निर्माण, प्राविधिक शिक्षकहरुको व्यवस्था, शिक्षक तालिम, स्वयंमसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, खेलकुद मैदान व्यवस्था, शिक्षक व्यवस्था, सूचना ल्याब लगायत शैक्षिक पूर्वाधारका कार्यक्रम सञ्चालन गरिने छ ।

१२) राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब बजेट विनियोजन ।

१३) आगामी आर्थिक वर्षमा १ हजार ८ सय विद्यालय भवन र ३८ आंगिक क्याम्पस भवन पुनः निर्माण र २ हजार ५ सय २० कक्षाकोठा, १/१ हजारको संख्यामा विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब स्थापनका लागि रकमको व्यवस्था ।

१४) मुलुकका करिब २६ लाख छात्रछात्रा लाभावित हुने गरी छात्रवृत्ति प्रदान गर्न २ अर्ब ७० करोड बजेट विनियोजन

१५) सामुदायिक विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाई राख्न हाल ४६ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रम देशभर विस्तार गर्ने गरी ७ अर्ब ५२ करोड बजेट विनियोजन । यस कार्यक्रमबाट २८ लाख बालबालिका लाभावित हुने ।

१६) देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तह मार्फत सर्शत अनुदान अन्तर्गत १ अर्ब ८२ करोड वित्तिय हस्तानतरण गर्ने व्यवस्था ।

१७) शिक्षक र विद्यार्थी अनुपात धेरै भएका विद्यालय र गणित, अंग्रेजी र विज्ञान शिक्षक अपुग भएका विद्यालयमा थप ६ हजार स्वयसेवक शिक्षक परिचालन गर्न २ अर्ब २३ करोड बजेट विनियोजन ।

१८) आधारभूत तहसम्म रंगीन पाठ्यपुस्तक सहित करिब ४२ लाख छात्रछात्रा लाभावित हुने गरी निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड ।

१९) विश्वविद्यालय अनुदान आयोग मार्फत अनुदान उपलब्ध गराउन १७ अर्ब ४३ करोड।