कोभिड–१९ को असर नदेखिएको ठाउँमा शैक्षिक संस्था खोल्न हिसानको माग

काठमाडौ/१३ जेठ-उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले भर्ना, परीक्षा, सहुलियत लगायतका माग राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपप्रधान तथा रक्षामन्त्री तथा कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक, अर्थमन्त्री र शिक्षामन्त्रीलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ ।


हिसानले कोरोना भाइरसको असर नदेखिएको ठाउँमा शैक्षिक संस्था खोल्न र स्थगित भएका विद्यालय तहदेखि विश्वविद्यालयका परीक्षाहरूको तालिका सार्वजनिक गर्न समेत सरकारसँग माग गरेको हो ।


लामो समयसम्म शैक्षिक संस्था बन्द रहेकाले दीर्घकालीन असर पर्न नदिन र मानसिक एवं शारीरिक रूपबाट विद्यार्थीहरूलाई मुक्त गन न्यायोचित समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराएको हिसानले बताएको छ । विद्यालय तहको एसइई परिक्षा,कक्षा ११ र १२ तथा स्नातक तथा स्नातकोत्तर परीक्षाको तालिका छिटो प्रकाशित गर्न ध्यानाकर्षण गराएको छ । साथै हिसान परीक्षालाइ सुरक्षित ढंगले सञ्चालनका लागि सहयोग गर्न तयार रहेको पनि जनाएको छ ।


भर्ना प्रक्रियालाई सतर्कतापूर्वक सुरक्षित विधि अपनाई सरल तरिकाले तुरुन्त अगाडि बढाउन र पाठ्यपुस्तक सहज रूपमा विद्यालयमा वितरणको व्यवस्था गर्नुपर्ने ध्यानाकर्षणमा उल्लेख गराएको छ । साथै शैक्षिक संस्था बन्द रहेको यो विषम परिस्थितिमा शैक्षिक संस्थाहरूलाई सहुलियतको व्यवस्था गर्न पनि हिसानले माग गरेको छ ।


यस्तो छ प्रेस विज्ञाप्ती