काठमाडौ/१० जेठ – आइतबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा विज्ञहरुले कोरोना भाइरसका कारण बन्द गरिएको विद्यालयस्तरको पठनपाठन सुचारु गर्ने वातावरण निर्माण गर्न शिक्षाविद्हरुले सुझाव दिए पछि नेपाल शिक्षक संघले आपत्ति जनाएको छ ।
नेपाल सरकारले गरेको लकडाउन र दिएका सम्पूर्ण निर्देशनहरुलाई पालना गरी घरमै सुरक्षित बसिरहेका शिक्षकहरुलाई अपमान गर्नेगरी शिक्षाविद्हरुबाट आएका अभिव्यक्ति भन्दै नेपाल शिक्षक संघले आपत्ति जनाएको हो ।
साथै संघको संघीय समितिको बैठकले शिक्षकहरुलाई लान्छित गर्ने गरी अभिव्यक्ति नदिन र गतिविधि सञ्चालन नगर्न सबैको ध्यानाकर्षण गराएको छ ।
यस्तो छ विज्ञप्ति:
