काठमाडौं/१२जेठ-सोमबार राष्ट्रका नाममा सम्वोधन गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण शैक्षिक वर्ष खेर जान नदिने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कक्षा व्यवस्थापन गरी नयाँ शैक्षिक सत्र सुरू गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको समेत बताएका छन्। साथै मन्त्रालयबाट भर्चुअल कक्षाको व्यवस्थापनपछि नयाँ शैक्षिक सत्र सुरू हुने जानकारी गराए ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एसइई परीक्षा नहुँदा विद्यार्थी अन्यौलमा रहेको पनि बताए । एसइईका लागि मन्त्रालयले छिट्टै प्रबन्ध मिलाउने उनले भनेका छन् ।
लामोसमय शैक्षिक संस्था बन्द हुदा विद्यार्थीहरु मनोवैज्ञानिक असरपर्ने हुदा शैक्षिक संस्था छिटो सुचारु गर्नु पर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।