काठमाडौ/६ जेठ-चीनको उहान शहरबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वमा ३ लाख २० हजार १ सय २१ जनाको मृत्यु भई सकेको छ भने ४८ लाख ९० हजार ५ सय ४४ जना संक्रमित छन् । डिसेम्बर अन्तिम साताबाट देखापरेको यो रोगका कारण विश्वको आर्थिक, सामाजिक, राजनीति र शैक्षिक क्षेत्रमा ठूलो असर देखापरेको छ । मानिसहरु घरमै बन्दी भएर बसीरहेको अवस्था छ । कोरोेना भाइरसका कारण विश्वमा ठूलो आर्थिक संकट देखापर्ने विज्ञहरुले बताइसकेका छन् ।
त्यस्तै अष्ट्रेलियामा कोरोना भाइरसका कारण ठूलो आर्थिक संकट देखापर्ने अष्ट्रेलियन अर्थशास्त्रिहरुले आंकलन गरेका छन । अष्ट्रेलियामा सन् 1955-1957 को भियतनाम युद्द पछाडिको ठुलो आर्थिक संकटमा पर्न सक्ने अष्ट्रेलियन अर्थशास्त्रिहरुले आंकलन गरेका हुन् । प्रारम्भिक संकेत स्वरुप अहिले नै लगभग ६ लाख मानिसले रोजगारि गुमाइसकेका छन ।
अष्ट्रेलियन अर्थशास्त्रिहरुको सुझाब अनुसार अष्ट्रेलियन सरकारले आफ्नो देशमा आर्थिक संकट नहोस र जोखिममा रहेको हाउजिङ ब्यबसायलाइ धरासायी हुन नदिनको लागि बिदेशमा रोकिएर बसेका अन्तराष्ट्रिय बिद्यार्थी एबं टेम्पोररि भिसा होल्डरहरुलाइ फिर्ता ल्याउने प्रकृयामा सरकार लाग्ने र नयाँ बिद्यार्थीलाई पनि मार्ग प्रसस्त गर्ने संकेत देखाएको छ ।
कोरोना भाइरसका कारण अष्ट्रेलियामा देखिएको आर्थिक मन्दीलाई न्युनीकरण गर्न अष्ट्रेलियन सरकारले फेरि पनि यस्तो नीति लिने संकेत देखाएको हो ।
अष्ट्रेलिया सरकारले यस्तो नीति लिएमा अध्ययनका लागि अष्ट्रेलिया जना चाहाने अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि सहज हुन्छ । यसैपनि,अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको पहिलो शैक्षिक गन्तव्य हो ।
स्रोत : अष्ट्रेलियाको रष्ट्रिय रेडियो ABC