काठमाडाैं/१ जेठ–विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउन नेपाल चिकित्स संघले सरकारसँग आग्रह गरेको छ ।
कोरोना भाइरसका कारण विद्यार्थीमा उच्च शिक्षा अध्ययनरत गरिरहेका विद्यार्थीहरुलाई समस्या परेको भन्दै संघले सरकारसँग यस्तो आग्रह गरेको हो । संघले चिकित्सा शास्त्र अध्ययनका लागि बंगलादेश गएका पाँच सय ६४ जना विद्यार्थीहरुको अवस्था अत्यन्तै दयानिय रहेको जनाउँदै फिलिपिन्स, चीन, अष्ट्रेलिया, भारत, बेलायतलगायतका देशमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन आग्रह गरेको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै उच्च शिक्षा अध्ययनका लागि विदेश गएका विद्यालयहरु सम्बन्धित देशको नियमानुसार एकान्तवास बसी स्वदेश फर्कन चाहेकाले जनाएको छ । विज्ञप्तिमा भनिएको छ,“अध्ययनको सिलसिलामा विदेश गएका विद्यार्थीहरु र रोजगारीका लागि विदेशिएका नागरिकहरुलाई सम्बन्धित देशका शैक्षिक संस्था र रोजगारदाता कम्पनीले आफ्नो देशमा जाउँ भनी दबाब सिर्जना गरेको नेपाल चिकित्सक संघलाई जानकारी प्राप्त भएको छ ।”
संघले यस्तो आपतकालीन अवस्थामा स्वदेश फर्कन चाहानेलाई स्वदेशमा ल्याई एकान्तवासमा राखी स्वास्थ्य परीक्षा पश्चात् मात्र आफ्नो परिवारजनमा समावेश हुने व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहिबार बिहानको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ४५ पुगेको छ भने ३५ जना निको भएर घर फर्किएका छन् । नेपालमा हाल सम्म कोरोना भाइरसका कारण कसैको मृत्यु भने भएको छैन ।
![](https://media.edusanjal.com/__sized__/news_headers/nmc_7aqi9Cu-thumbnail-1000x525-70.jpg)