कक्षा १ मा नयाँ पाठ्यक्रम लागू हुने, २६ मातृभाषाको पाठ्यपुस्तक तयार

काठमाडौं/२ जेठ– यस वर्ष कक्षा १ मा नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
केन्द्रले नयाँ पाठ्यक्रम अनुसार कक्षा १ मा नेपाली, अंग्रेजी, गणित, हाम्रो सेरोफेरो र मातृभाषा वा स्थानीय विषय वा संस्कृत भाषाको पठनपाठन हुने व्यवस्था गरेको छ । यसरी कक्षा १ मा ४ वटा अनिवार्य र एउटा ऐच्छिक गरी पाँच वटा विषय पढ्नु पर्ने हुन्छ । केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले स्थानीय विषयको पाठ्यक्रम र पाठ्यसामग्री विद्यालयले स्थानीय विज्ञ, अभिभावक तथा स्थानीय तहको सहयोगमा र समन्वयनमा विकास गरी कार्यान्वयन गर्नुपर्ने बताए । केन्द्रले यसको सहजीकरणका लागि हाल सम्म २६ वटा मातृभाषाको नमुना पाठ्यपुस्तक विकास गरिसकेको जनाएको छ । केन्द्रले अन्य माृतभाषाको पनि सम्बन्धित भाषा बोल्ने समुदाय र जनसंख्याका आधारमा पाठ्यक्रम विकास गर्दै जाने बताएको छ ।

Image may contain: text