वीरगञ्ज/३१ वैशाख-वीरगञ्जको नारायणी अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि सिद्धार्थ माध्यमिक विद्यालयमा दुई सय बेडको सेमी अइसोलेसन वार्ड निर्माण गरिने भएको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको चाप बढेसंगै प्रदेश २ को नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचारकालागि बेड अपुग भएको हो ।
बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सिद्धार्थ माध्यमिक विद्यालयमा सेमी आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय भएको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जानकारी दिए । संक्रमितको संख्या बढ्दै गएपछि वीरगंजमा २ सय बेडको व्यवस्थापन गर्ने गरी आइसोलेसन बनाउने र अस्पतालमा व्यवस्थापन हुन नसकेका संक्रमितहरुलाई सेमी आइसोलेसनमा राखेर उपचार गराउने व्यवस्था मिलाउने निर्णय भएको उनले बताए ।
सिद्धार्थ माध्यमिक विद्यालयको आईशोलेसनमा रहेका संक्रमितहरुलाइ नारायणी अस्पतालको निगरानिमा राखेर उपचार गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए ।