काठमाडौं/२७ बैशाख– पाठ्यक्रम विकास केन्द्रले आधारभूत तह (कक्षा १–३) को स्वीकृत नभएका थप पाठ्यसामग्री विक्री वितरणमा रोक लगाएको छ ।
केन्द्रले नयाँ पाठ्यक्रम अनुसार कक्षा १ को थप पाठ्यसामग्रीको रुपमा स्वीकृतका लागि पठाएका पाठ्यसामग्री मूल्याकंनकै क्रममा रहेको र स्वीकृत नभएको जनाएको छ ।
केन्द्रका अनुसार केही प्रकाशनले ती पाठ्यसामग्री स्वीकृत भनेर विक्री गर्ने गराउने कार्यमा लागेको भनी गुनासो आएकाले केन्द्रबाट स्वीकृत प्राप्त नगरी कुनैपनि पाठ्यसामग्री नगर्न निर्देशन दिएको छ । केन्द्रका निमित महानिर्देशक रुद्रप्रसाद अधिकारीले विद्यालयहरुले समेत स्वीकृत नभएका पाठ्यसामग्री खरिद नगराउन अनुरोध गरेका छन् । उनले केन्द्रबाट स्वीकृत नभएका पाठ्यसामग्री विक्री वितरण तथा प्रयोग भएको पाइएमा नियमानुसार कारबाही हुने बताए ।