थप ७ जनामा कोरोना पृष्टि, संक्रमितको संख्या एक सय ९

काठमाडौं/२७ बैशाख–नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक सय ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ वर्षका पुरुष रहेको मन्त्रालयले जनाएको छ । यस्तै, पर्साको छपकैयाका ६२ वर्षीय पुरुषममा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितमध्ये ३१ जना निको भएर घर फर्किसकेका छन् ।