शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो विद्यार्थीका लागि सिकाई चौतारी

काठमाडौं/२८ बैशाख–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि उपयोगी हुने ई–लर्निङ पोर्टल सिकाई चौतारी सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले सञ्चालनमा ल्याएको ई–लर्निङ पोर्टलमा कक्षा १ देखि १० सम्मका विद्यालयमा पढाई हुने सामग्रीलाई समावेश गरेको छ । विद्यार्थीहरुले ई–पोर्टलमा गएर आफ्नो कक्षा तथा विषय छनोट गरी पढ्न सक्नेछन् । यसमा कथा संग्रह समेत समावेश गरिएको छ । यहाँ कथा पढ्न र सुन्न सकिनेछ । विद्यार्थीहरुले नेपाली वा अंग्रेजी भाषाको समेत छनोट गर्न सक्छन् । ई–लर्निङ पोर्टलमा जानका लागि यहाँ क्लिक गर्नुहोस् ।

http://learning.cehrd.gov.np/