काठमाडौं/२६ बैशाख– पोखरा विश्वविद्यालय प्राध्यापक संघले उपकुलपति तुरुन्त नियुक्ति गर्न माग गरेका छ ।
पोखरा विश्वविद्यालयमा हालै तीन महिनाको जिम्मेवारी प्राप्त गरेका उपकुलपतिको समयावधि समाप्त भई उपकुलपति, रजिष्ट्रार, डीनहरु, कार्यकारी निर्देशकहरु, परीक्षा नियन्त्रक लगायतका पदहरु रिक्त रहेका छन् । संघले विश्वविद्यालय नेतृत्व विहिन हुँदा कोरोना भाइरसको यस्तो विषम अवस्थामा विश्वविद्यालयलाई थप गति दिएर कोरोना भाइरस निमूलका उपायहरु खोज्नु पर्ने विश्वविद्यालयका ल्याब र अनुशन्धानकर्ताहरु किम र कर्तव्य विमुट अवस्थामा रहेको जनाएको छ । संघले विगत लामो समयदेखि विश्वविद्यालयको मूल नेतृत्वको नियुक्तिमा देखिएको राजनैतिक भागबन्डाका कारण विश्वविद्यालय सञ्चालनमा समस्या भएको ठहर गरेको छ ।
पोखरा विश्वविद्यालय ०७६ भाद्रबाट औपचारिक रुपमा उपकुलपति, रजिष्ट्रार विहिन छ । अन्य विश्वविद्यालयले ढिलै भएपनि उपकुलपति प्राप्त गरी छन् । तर, पोखरा विश्वविद्यालय हाल सम्म प्राप्त गर्न सकेकाे छैन् । पोखरा विश्वविद्यालयमा पटक पटक तीन महिने उपकुलपति नियुक्ति गरी अस्थिरता निम्त्याउने कार्यले कतै विश्वविद्यालय विघटनको संघारमा लैजान लागेको आरोप संघले लगाएको छ ।