काठमाडौं/२५ बैशाख–गैंडाकोट नगरपालिकाले नगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयको व्यवस्थापन समितिको जिम्मा सम्बन्धित वडाध्यक्षलाई दिने निर्णय गरेको छ ।
समितिको म्याद सकिएपछि दैनिक क्रियाकलाप सञ्चालन गर्न समस्या परेको भन्दै नगर शिक्षा समितिले उक्त निर्णय गरेको हो । नगरपालिकाले कोरोना भाइरसका कारण अभिभावक भेला गरी नियमानुसार विव्यस गठन गर्न असम्भव भएकाले अर्को व्यवस्था नभएसम्म तत्काल कार्य सञ्चालन गर्नका लागि उक्त निर्णय गरेको जनाएको छ ।
नगरपालिकाले वडाध्यक्षको अध्यक्षतामा गठन हुने विव्यसमा निवर्तमान अध्यक्ष, वडा समितिका निर्वाचित महिला वडा सदस्य मध्येबाट वडा समितिले छनोट गरी पठाएका एक जना र विद्यालय रहेका वडाको शिक्षा प्रेमी वा चन्दादाता मध्येबाट समितिले मनोनित गरेको एक जना सदस्य रहने निर्णय गरेको छ । सदस्य सचिव भने साविककै जस्तो विद्यालयका प्रअ नै हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा ३४ वटा सामुदायिक विद्यालय रहेका छन् भने १८ वटा छन् ।
विव्यसको अध्यक्षमा वडाध्यक्ष
