काठमाडौं/२३ बैशाख– रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाले आधारभूत शिक्षा उत्तीर्ण (कक्षा ८) को परीक्षाको नतिजा अनलाइनबाट सार्वजनिक गरेको छ ।
गाउँपालिकाले फागुन २८ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन गरेको आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक गरेको हो । कोरोना भाइरसका कारण विद्यालय बन्द भएसँगै नतिजा प्रकाशित गर्न ढिलाइ भएपछि अनलाइन नतिजा प्रकाशित गरिएको हो । प्रदेश ५ ले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै नतिजा प्रकाशन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले सोही अनुसार अनलाइनबाट नतिजा सार्वजनिक गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भुसालले जानकारी दिएका छन् ।
विद्यार्थीहरूले ष्झष्क।मयभ।नयख।लउ खोलेर कअजयय िक्ष्म् र उबककधयचम राखी रिपोर्ट कार्डको ग्रेड ८ लेजरमा गएर विद्यालयहरुले ग्रेड लेजर डाउनलोड गर्न सक्ने छन्। त्यस्तै,गाउँपालिकाको फेसवुक पेजबाट समेत नतिजा हेर्न सकिन्छ ।
गाउँपालिकाले परीक्षाको नतिजा चित्त नबुझी पुनर्योग गराउन चाहने परीक्षार्थीका लागि लकडाउन खुलेको सात दिनभित्र विद्यालयको सिफारिस सहित शिक्षा शाखामा निवेदन पेश गर्न सक्ने व्यवस्था समेत गरेको छ ।
आधारभूत शिक्षा उत्तीर्णको नतिजा अनलाइनबाट : कञ्चन गाउँपालिका


