काठमाडौ /२२ बैशाख – कोभिड–१९ को संक्रमग रोकथामका लागि लकडाउन गरिए संगै अहिले देशभरका सम्पुर्ण शैक्षिक संस्था बन्द छन् । लकडाउनको अवस्था रहेको र लामो समयदेखि देशभर विद्यालयहरू बन्द रहेको यो अवस्थामा परीक्षा तथा विद्यार्थी भर्ना र एक महिनाको शुल्क विद्यार्थीसंग नलिने विषयलाई लिएर उठाइएका विषयहरूका सन्दर्भमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशित गरिएको छ ।
बैशाख २२ गतेको माननीय मन्त्रिस्तरीय निर्णयानुसार उत्त सुचना प्रकाशित गरेको छ । अहिले सबै विद्यालयहरूको भर्ना तथा पठनपाठन स्थगित रोको हुँदा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा या तहमा नयाँ भर्ना नगर्न साथै भर्नाका नाममा कुनै किसिमले शुल्क नलिन, अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरू नगर्न सूचित गरिएको छ ।
त्यस्तै कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११ तथा १२ का परीक्षाहरू स्थगित रहेको अवस्थामा मन्त्रालयबाट वस्तुस्थितिको सुक्ष्म अध्ययन र परामर्श लिने कार्य जारी रहेको हुँदा परीक्षा संचालन सम्बन्धमा हालसम्म कुनै नयाँ निर्णय नभएको जानकारी गराएको छ ।
साथै संस्थागत विद्यालयहरूले माध्यमिक तहसम्मको एक महीनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनी नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई आवश्यक जानकारी दिन भन्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशित गरिएको छ ।
कोरोना भाईरस कोभिड १९ को सक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै नागरिकमा पर्ने आर्थिक भार लगयतका समस्या समाधान गर्न सरकारले घोषणा गरेको राहत प्याकेजमा निजी विद्यालयले लिने शुल्कका बारेमा निर्णय भएको थियो ।