वैशाख २६ बाट विद्यार्थी भर्ना सुरु


काठमाडौँ/२२ वैशाख — वैशाख २५ गतेसम्म लकडाउन कायम रहने र मन्त्रिपरिषद्को निर्णयले लकडाउनको मोडेल परिवर्तन संगै वैशाख २६ गतेबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु हुने मन्त्री पोखरेलले खबर एजुकेशनसंग बताएका छन् ।


प्याब्सनका अध्यक्ष टीकाराम पुरीले वैशाख २५ गतेको पर्खाइमा रहेको बताए । सरकारकै निर्देशनअनुसार प्रत्येक विद्यालयमा नतिजा प्रकाशन गर्ने काम भइरहेको उनले बताए । लकडाउन खुकुलो भएमा सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना लिने पक्षमा रहेको उनले भने । साथै जेठबाट कुनै माध्यमबाट भएपनि विद्यार्थीको पढाइ सुरु गर्ने उनले वताए ।


त्यसैगरी नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले अधिकांश विद्यालयले अनलाइनबाट नतिजा प्रकाशन गरेको र नयाँ भर्नाको तयारीमा जुटेको बताए । लकडाउन खुकुलो भयो भने विद्यार्थी भर्ना गर्ने वातावरण बन्नुपर्छ केही विद्यालयले अनलाइन शिक्षणको प्रयास गरेको उल्लेख गरे । यो अवस्थामा अभिभावकले तत्काल बजारमा पाठ्यपुस्तक पाउन नसक्ने भएकाले पुरानै पाठ्यपुस्तकलाई लिएर पठनपाठन सुरु गर्ने पनि उनले बताए ।