काठमाडौं/२१ बैशाख– आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका १ जना गरी १० जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमतिको संख्या ६९ पुगेको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार विराटनगरमा ३१, वीरगञ्जमा ९ तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एक/एक जनाको उपचार भइरहेको छ ।
एकैदिन १० जनामा कोरोना पुष्टि, संक्रमित संख्या ६९
