काठमाडौँ /२८ भदौ – शिक्षाविद् डा. मीनाक्षी दाहालले नीतिले कडा निर्देशन दिँदैमा त्यसले सबै काम गर्छ भन्नु गलत भएकोले समाजमा फरक फरक व्यक्तिका फरक फरक भूमिका रहेकोले व्यक्ति आईडल बनिदिए त्यसले बालबालिकाको आचरणमा परिवर्तन ल्याउन सकिने बताएकी छन् ।
दाहालले नैतिक शिक्षाका लागी युवाहरूको मनोविज्ञान र संवेगका सवालमा परामर्श दिन सकिए परिवर्तन ल्याउन सम्भावना भएको विचार व्यक्त गरिन ।
हामीले आवरणमा कुरा गर्ने की आचरणमा कुरा गर्ने जस्ता विषयमा प्रस्ट हुन आवश्यक रहेको विचार व्यक्त गर्दै हाम्रो जस्तो खुला समाजका कारण मूल्यको कुरा गर्दा कसको मूल्यमान्यता ? यो के हो ? लगायतका कुरामा प्रस्ट हुन खाँचो रहेको बताइन ।
यसैगरी सह एक अर्काले सहअस्तित्व पनि स्वीकार गर्न सकिए वा सिकाउन सकिए नैतिक शिक्षा प्रभावकारी हुन सक्ने उनको विचार छ । उनले भनिन् “नैतिक शिक्षाका लागी रोल मोडल बन्नु पर्छ, आईडल बन्न पर्छ तर त्यो आईडलहरू नै छैन । को जस्तो बन्ने, किन त्यो मन पर्यो भन्ने समयमा त्यो आईडल नै छैन ।”
उमेरको हिसाबले एउटा अवस्थाबाट अर्को अवस्थामा जाँदा बालबालिकाहरूमा डिलेमाहरू हुने र त्यो डिलेमाहरूलाई समाल्नका लागी सहयोग गर्ने हामी एडल्टहरू शिक्षक, अभिभावक वा अन्य कोहीले मनोसामाजिक डिलेमाहरूमा सही गलत छुट्याउन सिकाउन सकिए त्यसले काम गर्ने उनको भनाई छ ।



