त्रिविका नवनियुक्त उपकुलपति प्रा.डा भोला थापाले गरे पदभार ग्रहण

काठमाडौं/२२ असार – प्रा.डा भोला थापाले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पदभार ग्रहण गरेका छन् । गत असार १९ गते प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपतिमा नियुक्ति गरेपछि आज त्रिवि उपकुलपति कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।


उनलाई नेपाल सरकारबाट जारी विभिन्न विश्वविद्यालयलयका उपकुलपति छनोट तथा सिफारिस सम्वन्धी कार्यविधि २०८३ बमोजिम गठित छनोट तथा सिफारिस समितिले प्रतिस्पर्धाका आधारमा छनौट गरी नियुक्तिका लागि सिफारिस गरेको थियो ।


थापाले पदभार ग्रहणगर्दै भौतिक तथा मानविय स्रोत÷साधनमा सक्षम तथा विश्वमा पृथक पहिचान र गरिमा बनाएको गौरवशाली त्रिभुवन विश्वविद्यालयलाई सरोकारवाला सवैको राय, सुझाव र सहयोग मार्फत उत्कृष्ट संस्थाको रुपमा विसकित समर्पित भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


उनले आफूले उच्च शिक्षाको सुरुवात यही विश्वविद्यालयबाट गरेको भन्दै विश्वविद्यालयलाई उत्कृष्ट बनाउन लागिपर्ने बताए । उनले आफूलाई कहिल्यै पनि बाहिरबाट आएको भने र नसम्झिन आग्रह समेत गरे ।