काठमाडौँ /१६ असार – ६० दिन भित्र त्रिभुवन विश्वविद्यालयका विभिाग तथा क्याम्पसहरुबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएपछि १० वटा विद्यार्थी संगठनले विरोध गरेका छन् ।
विद्यार्थी संगठनहरूले विज्ञप्ति जारी गर्दै दलीय विद्यार्थी संगठनका संरचना हटाउनु विद्यार्थी अधिकारमाथिको हस्तक्षेप, न्यायालयको अवहेलना र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको आरोप छन् ।
विज्ञप्तिमा भनिएको छ ‘दलीय विद्यार्थी संगठनका संरचना हटाउने निर्देशन जारी गर्नु न्यायिक मर्यादा, संवैधानिक व्यवस्था तथा लोकतान्त्रिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप गरेको छ,’
यसैगरी सर्वोच्च अदालतको २८ वैशाख २०८३ को अल्पकालीन अन्तरिम आदेशको अवहेलना भएको विद्यार्थी संगठनहरुको भनाई छ । सरकारले ६० दिन भित्र विद्यालय÷विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिन स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भनेको थियो ।
˙




