काठमाडौँ/१५ असार – त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै क्याम्पस र विभागबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ ।
६० दिन भित्र विश्वविद्यालयका सम्पूर्ण विभागहरुबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिन भित्र विद्यार्थी काउन्सिल गठन गर्न निर्देशन दिएको हो ।
सरकारको सयबुँदे कार्यसूची कार्यान्वयन गर्दै विश्वविद्यालयले सम्बन्धित निकायलाई निर्देशन जारी गरेको हो । निर्णयप्रति विद्यार्थी संगठनहरूले भने विरोध जनाउँदै आएका छन् ।




