कुश्मा नगरपालिकाले छात्रवृत्ति कार्यक्रमका लागि १५ लाख विनियोजन गरेको छ

पर्वत/८ असार – पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न १५ लाख रकम छुट्याएको छ ।


नगरपालिका उपप्रमुख स्वस्थानी रिजालले १३ औँ नगर अधिवेशनका अवसरमा आइतवार बजेट प्रस्तुत गर्दै। सो जानकारी दिएकी हुन ।


यसैगरी सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्न १३ लाख ८१ हजार तथा दिवा खाजा कार्यक्रमका लागि ७३ लाख एक हजार बजेट छुट्याइएको छ ।


नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।