काठमाडौँ /७ असार – त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (बिएससी सिएसआईटी) विषयमा २०८३ सालको नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सम्वन्धी सूचना जारी गरेको छ ।
चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि ( बिएससी सिएसआईटी ) विषयमा भर्ना हुन इच्छुक विद्यार्थीहरुले प्रवेश परीक्षाको आवेदन फाराम अनलाईन माध्यमबाट असार ८ गतेदेखि वितरण गर्ने जनाएको हो ।
आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत पठन पाठन हुने उक्त विषयमा भर्ना हुनका लागि नियमित दस्तुर तिरी असार १६ गतेभित्र प्रवेश परीक्षा आवेदन फारम बुझाउनु पर्ने छ ।
यसैगरी प्रवेश परीक्षा मिति साउन २४ गते आइतबार बिहान ८ः०० बजेदेखि सञ्चालन हुने छ भने प्रवेश परीक्षाको लागि परीक्षा केन्द्र पछि प्रकाशित गरिने जनाएको छ । अन्य जानकारीको लागि iost.tu.edu.np मा हेर्न सकिने छ ।




