कक्षा १२ को नतिामा ३.६१ देखि ४ सम्म ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या १७ हजार ७८६

काठमाडौं/५ असार – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिाजमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या उल्लेख्य रहेको देखिएको छ । ३.६१ देखि ४ सम्म औसत श्रेणी ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ । सार्वजनिक नतिजाअनुसार यस वर्ष कुल उत्तीर्ण प्रतिशत ६४.१३ रहेको छ । नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा आंशिकतर्फ यो दर ४२.३८ प्रतिशत रहेको बोर्डले जनाएको छ ।


यसैगरी परीक्षामा सहभागी भएका कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् भने १ लाख ४७१ जना अनुत्तीर्ण भएका छन् ।


३.२१ देखि ३.६० सम्म औसत श्रेणी अङ्क प्राप्त गर्ने ६४ हजार ८२१ जना रहेका छन् । २.८१ देखि ३.२० सम्म औसत श्रेणी अङ्क ल्याउने विद्यार्थीको संख्या ९४ हजार २४९, २.४१ देखि २.८० सम्म औसत श्रेणी अङ्क प्राप्त गर्ने ५० हजार ५९७ जना, २.०१ देखि २.४० सम्म औसत श्रेणी अङ्क ल्याउने ४ हजार ३०८ जना र १.६१ देखि २ सम्म औसत श्रेणी अङ्क ल्याउने विद्यार्थीको संख्या ९ मात्र रहेको बोर्डले जनाएको छ ।