अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन निर्देशन

काठमाडौँ /३ असार – त्रिभुवन विश्वविद्यालय अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले अध्ययन बिदा उपभोग गरे पश्चात् नियमानुसार फर्की सेवा नगर्ने शिक्षक÷कर्मचारीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।


सूचना अनुसार शिक्षक तथा कर्मचारीहरूलाई सम्पर्कमा आउन सूचना प्रकाशित गरिएको पनि हालसम्म सम्पर्कमा नआएहरुलाई १५ (पन्ध्र) दिनभित्र सम्पर्क आउन आग्रह गरेको छ ।


सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र समितिको कार्यालयमा वा कतगमथभिबखभ२तग.भमग.लउ मार्फत सम्पर्क राख्नु भनिएको छ ।


साथै सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।