काठमाडौँ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि आवेदन माग (कार्यविधिसहित)

काठमाडौँ/३ असार – काठमाडौँ विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ ।


समितिबाट असार १ मा स्वीकृत काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०५३ बमोजिम दरखास्त आह्वान गरिएको हो ।


इच्छुक तथा योग्य व्यक्तिले असार १२ गतेभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको वेबसाइट www.moest.gov.np मा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिने समतिले जनाएको छ ।


कार्यविधि हेर्नुहोला