काठमाडौँ /२ असार – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, प्रवेश परीक्षा बोर्डले शैक्षिक वर्ष २०८३/०८४ को स्नातक (बी.ई. ÷ बी. आर्क.) तहको विद्यार्थी भर्नाका लागि सञ्चालन गरिने प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा शैक्षिक वर्ष २०८३ / ०८४ का लागि स्नातक (बी.ई./बी.आर्क.) तहका विभिन्न कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा आवेदन माग गरेको हो ।
सूचना प्रविधिको आधारमा कम्प्युटर विधि मार्फत सञ्चालन गरिने प्रवेश परीक्षा असार २८ गतेदेखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोक ललितपुर, पश्चिमाञ्चल क्याम्पस, पोखरा, पूर्वाञ्चल क्याम्पस, धरान र थापाथली क्याम्पस, थापाथली, काठमाडौँमा तोकिएको स्थान, समय र सिफ्ट अनुसार सञ्चालन गरिने छ ।
हेर्नुहोस् सूचना




