शिक्षक सरुवाका सम्बन्धमा शिक्षा मन्त्रालयको तीन बुँदे सर्कुलर

काठमाडौँ /१ असार – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवाका सम्बन्धमा तीन बुँदे सर्कुलर जारी गरेको छ । सबै शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई परिपत्र जारी गर्दै शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्ने जनाएको हो ।


साथै खुद पुल दरबन्दी रहेका ९दरबन्दी कटौतीमा परेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरुवा नगर्ने र ७५५ कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन पेस गरेका सम्भाव्य उम्मेदवारहरूको हकमा बढुवाको नतिजा प्राप्त नभएसम्म सरुवा सहमति नदिने पत्रमा भनिएको छ ।


हेर्नुहोस तीन बुँदे सर्कुलर

१. स्थायी पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्ने ।


२. खुद पुल दरबन्दी रहेका ९दरबन्दी कटौतीमा परेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरुवा नगर्ने ।


३. ७५% कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन पेस गरेका सम्भाव्य उम्मेदवारहरूको हकमा बढुवाको नतिजा प्राप्त नभएसम्म सरुवा सहमति नदिने ।