क्वेस्ट कलेजको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न : १२ बढी देशका विज्ञ र विद्यार्थीको सहभागिता

काठमाडौँ/२२ वैशाख – विश्वविद्यालय अनुदान आयोगको सहयोग र क्वेस्ट अनुसन्धान व्यवस्थापन कक्षको समन्वयनमा क्वेस्ट इन्टरनेशनल कलेजले दिगो भविष्यका लागि व्यवसाय, प्रविधि र आतिथ्य सम्बन्धी क्वेस्ट अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।


दई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, बङ्गलादेश, थाइल्यान्ड, मलेसिया, संयुक्त राज्य अमेरिका र अन्य १२ राष्ट्रका विभिन्न प्रसिद्ध विश्वविद्यालयहरूका स्नातक तहका विद्यार्थिहरूदेखी पीएचडी विद्वानहरूसम्मका ७५ भन्दा बढी अनुसन्धानकर्ताहरूको सहभागिता रहेको थियो ।


उनिहरूले व्यापार, प्रविधि र अतिथ्यता क्षेत्रमा अर्थपूर्ण शैक्षिक बहसमा योगदान पु¥याउने हेतुले आ–आफ्ना अनुसन्धान पत्र प्रस्तुत गरे । कलेजका प्रिन्सिपल उदय राज पौडेलले वर्तमान अवस्थाका चुनौतीहरूको सामना गर्न र दिगो भविष्यलाई प्रवर्धन गर्न क्वेस्ट अन्तर्राष्ट्रिय सम्मेलनलेको आयोजना गरिएको बताए । उनले नयाँ पुस्तालाई नयाँ नयाँ अध्यायन, अनुसन्धान र अन्वेषणमा उत्प्रेरित गर्ने विश्वास रहेको विचार व्यक्त गरे ।


सम्मेलनमा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा।डा। ज्ञानेश्वर शर्मा, भारतको गोपाल नरायन सिंह विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्रा।डा। रजनीश रत्न र सम्मेलनका सभाका अध्यक्ष प्रा।डा। पुष्कर बज्राचार्यले आफ्ना भनाई राखेका थिए ।