काठमाडौ/१० बैशाख – बुटवल स्थित स्कलर्स होम सेकण्डरी बो. स्कूलले बुटवल उप–माहानगरपालिका वडा न. ९ को विपद् व्यवस्थापन कोषमा २१ हजार १ सय ११ रुपैँया सहयोग गरेको छ । सामाजिक उत्तरदाइत्व अन्र्तगत स्कलर्स होम स्कूलले उक्त वडाले स्थापना गरेको कोषमा आर्थिक सहयोग गरेको हो ।
हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण गरिएको लकडाउन बाट प्रभावित भएका र समस्यामा परेका समुदायलाई राहत पुगोस भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको स्कूलका प्राचार्य बाबुराम बन्जाडेले बताए । साथै स्कलर्स होम सेकण्डरी बो. स्कूलले बुटवल उप–माहानगरपालिका र प्रदेशले सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा पनि सक्दो सहयोग गर्ने समेत उनले बताए ।