काठमाडौं/१० बैशाख–शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहलाई कुनैपनि सञ्चार माध्यमको पहुँच नपुगेका विद्यालयहरुको नामावली उपलब्ध गराउन पत्रचार गरेको छ ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले गर्दा विद्यालयहरु बन्द भई बालबालिकाकाहरुको नियमित पठनपाठन आवद्ध भएको अवस्थामा बालबालिकाको सिकाईलाई निरन्तरता दिन विभिन्न सिकाई सामग्रीहरु प्रयोग गरिएको छ । केन्द्रले कक्षा ९ र १० का विद्यार्थीहरुका लागि एन टिभी प्लसमार्फत भर्चुअल पाठ प्रसारण गरिएको र अन्य कक्षाका बालबालिकाका लागि पनि रेडियो र टेलिभिजनमार्फत सिकाई सामग्री प्रसारण गरिरहेको छ । त्यस्तै, केन्द्रले कुनैपनि विद्युत सञ्चार माध्यमको पहुँच नभएका विद्यालयका मुद्रित सामग्रीको व्यवस्था गर्ने प्रयास गरिरहेको केन्द्रको भनाई छ । केन्द्रले उक्त कार्यका लागि स्थानीय तहसँग विवरण माग गरेको हो । केन्द्रले बैशाख १५ गतेसम्म विवरण उपलब्ध गराउन निर्देशनसमेत दिएको छ ।
https://www.doe.gov.np/assets/uploads/files/8d1b963005280e90030843ae4e57d307.jpg