काठमाडौ /९ बैशाख – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन ले कोरोना भाइरसका कारण अझै लकडाउन थपिए अनलाइनबाटै परिक्षाफल प्रकाशन गर्नका लागि आफ्ना सदस्य विद्यालयलाई तयारि रहन निर्देशन दिएको छ । सरकारसंग समन्वय र छलफल गरि निर्णय भएमा कक्षा ८ वाहेक कक्षा ९ सम्मको अनलाइन परिक्षाफल प्रकाशन गर्नका लागि विद्यालयलाई तयारि रहन भनेको हो ।
त्यसै गरि विद्यार्थीहरुको पढाई प्रभावित नहोस भनेर प्याब्सनले भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । भौगोलिक अवस्था अनुसार अनलाइन,सञ्चारका माध्यम,रेडियो,टिभि लगायत यसका लागि प्राविधिक पक्ष प्रभाबकारिताबारे थप छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
सोमबार केन्द्रीय अध्यक्ष टिकाराम पुरीको अध्यक्षतामा केन्द्रीय पदाधिकारीको अनलाइन मिटिङमा निर्णय भएको महासचिब कुमार घिमिरेले बताएका छन् ।
लकडाउनको कारण लामो समय बिद्यालय बन्द भए पछि धेरै विद्यालयहरुले विद्यार्थीको पढाइलाइ निरन्तरता दिनको लागि अनलाइनमार्फत शिक्षण सिकाइ सुरु गरिसकेका छन् ।