शिक्षक सरुवाका सम्बन्धमा मन्त्रालयको गृहकार्य

काठमाडौँ /१० बैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवा निर्देशिकाका सम्बन्धमा गृहकार्य जारी रहेको जनाएको छ । शिक्षक सरुवाको विधिलाई शिक्षक र विद्यालयको आवश्यकता अनुकूल बनाउने गरी गृहकार्य भइरहेको जनाएको हो ।


मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाका अनुसार शिक्षामन्त्रीसहित शिक्षक सरुवाको विषयलाई कुनै न कुनै रूपले सम्बोधन गरेर जाने बारे छलफलभएको र त्यसै अनुरूप शिक्षक र विद्यालयको आवश्यकता अनुकूल बनाउने गरी गृहकार्य जारी रहेको बताए ।


उनले यस विषयमा मन्त्रालय गम्भीर भएर लागेको र यस भन्दा अघिपनि शिक्षक संघ संगठन, महासङ्घ तथा शिक्षक समुदायसँग छलफल शिक्षकका समस्या सुनेको बताउँदै केही प्राविधिक कारणहरूले सम्बोधन गर्न नसकिएको प्रस्ट पारे ।


सापकोटाले अब यसलाई दीर्घकालीन रूपमा शिक्षा नियमावलीको संशोधनबाट वा विधेयकबाटै कुनै न कुनै रूपमा निरूपण गर्ने गरी सम्बोधन गर्ने गृहकार्य भईरहेको जानकारी दिए ।