काठमाडौँ /८ चैत-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु नगर्न निर्देशन दिएको छ ।
विभिन्न सञ्चार माध्यमहरूबाट प्रकाशित “वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु” भन्ने आशयका समाचारप्रति केन्द्रको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै निर्देशन दिएको हो ।
प्रचलित कानुनी प्रावधान बमोजिम विद्यालयले वार्षिक परीक्षा सञ्चालन गरी सोको नतिजा प्रकाशन पश्चात् नयाँ शैक्षिक सत्र २०८३ सुरु भएपछि भर्ना कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले विद्यालयलाई निर्देशक दिएको छ ।
साथै सम्बन्धित स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइहरूले सो सम्बन्धमा आवश्यक अनुगमन एवम् समन्वय गर्न समेत भनिएको छ ।



