काठमाडौं/७ बैशाख–नवलपरासीको गैंडाकोट नगरपालिकाले स्थापना गरेको राहत कोषमा प्याब्सन गैंडाकोट र हिसान नवलपुरले एक लाख ८० हजार आर्थिक सहयोग गरेका छन् ।
लकडाउनका कारण गरिब, विपन्न वर्गका मानिसहरुलाई परेको खाद्यन्न समस्या न्युनिकरण गर्न सहयोग गरेको उनीहरुले बताएका छन् ।
प्याब्सनका केन्द्रिय उपाध्यक्ष भरतबाबू कंडेल, नगर कमिटि अध्यक्ष गोपेन्द्रकेसरी न्यौपाने, पुर्ब केन्द्रिय सदस्य लक्ष्मीप्रसाद दवाडी, नगर–सचिव विनोद पौडेल, सदस्य खेमराज सापकोटा, साथै हिसान नवलपुरका जिल्ला अध्यक्ष हरि भण्डारीको उपस्थितिमा गैंडाकोट नगरपालिकाका नगर–प्रमुख छत्रराज पौडेललाई सो रकम हस्तान्तरण गरिएको हो ।