काठमाडौं/८ बैशाख–निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन पाल्पा प्याब्सनले जिल्लाका सात स्थानीय तहहरुले स्थापना गरेको राहत कोषमा आर्थिक सहयोग गरेका छन् ।
प्याब्सनले आफ्ना सदस्या विद्यालयहरुबाट सहयोग रकम उठाई तानसेन नगरपालिकामा ५० हजार, रामपुर नगरपालिकामा ३० हजार आर्थिक सहयोग गरेका छन् । त्यस्तै, बगनासकाली गाउँपालिकमा, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिकालाई २०/२० हजारका दरले सहयोग रकम हस्तान्तरण गरेको छ ।
प्याब्सनका जिल्ला अध्यक्ष भरत प्रसाद न्यौपानेले निजी विद्यालयले विभिन्न समयमा विपद् व्यवस्थापनका लागि सहयोग गर्दै आएकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि पनि सहयोग गरेको जानकारी दिए ।
पाल्पा प्याब्सनद्वारा स्थानीय तहमा सहयोग
