कोरोना भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न खबर एजुकेशनको निशुल्क अनलाइन कक्षा


काठमाडौं /७ बैशाख – कोरोना भाइरसका कारण नेपाल चैत ११ गतेदेखि लकडाउनमा छ । लकडाउन भएसँगै विद्यालयहरु बन्द छन् भने एसईई, कक्षा ११ र १२ र विश्वविद्यालयका परीक्षाहरु समेत स्थगित भएका छन् । परीक्षाहरु स्थगित हुँदा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुमा परीक्षा कहिले हुन्छ भन्ने तनाव छन् । त्यस्तै सर्वसाधारणमा पनि कोरोना भाइरस बारे डर चिन्ता र भय उत्तिकै छ ।


कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नका लागि गरिएको लकडाउनको कारण मानिसहरुको दैनिकमा परिवर्तन आएको छ । व्यस्त जीवनशैली बिताईरहेका मानिसहरु लामो समयदेखि घरभित्र बसिरहेका छन् । एकातिर कोरोना भाइरसको त्रास र अर्कोतिर घरभित्रको सीमित बसाईले मानिसहरुमा मानसिक समस्या र तनाव देखापर्ने सम्भावना उत्तिकै छ । त्यसकाण मानिसहरुमा देखिने मानसिक समस्या,डर र तनावलाइ मध्येनजर गर्दै खबर एजुकेशन अनलाइन, स्कुल खबर र एजुकेशन न्युज पत्रिकाले जूम एप कक्षा सञ्चालन गरेको छ । भाइरसका कारण आफ्नो शरिरमा रोग प्रतिरोधात्मक क्षमतालाई कसरि विकासगर्ने र भोलिका दिनमा समाजमा पर्ने न्यूरो सम्बन्धी समस्यालाई समाधान गर्न उक्त कक्षा सञ्चालनमा ल्याएको हो ।


मानव शरीरको ब्रेन सेल र अन्य इन्टर्नल विभिन्न अंग प्रत्यअंग विज्ञानलाई बुझेर सहजै आजको माहामारीको समयमा मानव शरीर र ब्रेनले कसरी सोच्छ र कसरि नकारात्मक असर गर्छ भन्ने बारेमा उक्त कक्षामा छलफल गरिनेछ । एन्जाइटी, डिप्रेसन र डरलाई जित्न कसरी सकिन्छ भन्ने बारेमा प्रयोगात्मक कक्षा हुनुका साथै हाम्रो सोचाईमा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुरा सिकाइन्छ । Wellness Acclimatization and NLP Master Coach कमल किरण कटुवालले उक्त कक्षा सञ्चालन गर्ने छन् । यो अनलाइन कक्षा निःशुल्क रुपमा लिन सकिन्छ । विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिकाका साथै अन्य मानिसहरुले समेत यो कक्षामा सहभागिता जनाउन सक्नेछन् ।