त्रिविले शिक्षक कर्मचारीलाइ भन्यो : आचार संहिता विपरित कुनैपनि कार्य नगर्नु

काठमाडौँ /२६ माघ – त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयले सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई निर्वाचन आचार संहिता, २०८२ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।


फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले जारी गरेको आचार संहिता कार्यन्वयन गर्न निर्देशन दिएको हो ।


“निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को उपदफा (१) तथा निर्वाचन आचार संहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम संवत् २०८२ साल माघ ४ गते राति १२ः०० बजेदेखि उक्त आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म निर्वाचन आचार संहिता लागु रहने भएकोले यस त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण शिक्षक एवं कर्मचारीज्यूहरु समेतले निर्वाचन आचार संहिता, २०८२ को विपरित हुने गरी कुनैपनि कार्य नगर्नु ÷ नगराउनु हुन निर्देशानुसार अनुरोध गर्दछु ” सूचनामा भनिएको छ ।